Sahara Sansar

Saturday, May 7, 2011

झक्कुलाई झापड हान्ने देवकोटा विरामी


वैशाख २४  काठमाडौं।  समयमा नयाँ संविधान नबनाएको आरोपमा एकीकृत माओवादी सभासद झक्कुप्रसाद सुवेदीलाई झापड हानेको अभियोगमा प्रहरी हिरासतमा रहेका प्रेमराज देवकोटाको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ ।

काठमाडौंको तीनकुने सुविधाननगरमा कफी सप चलाउँदै आउनु भएका देवकोटाले गत सोमबार सभासद सुवेदीलाई पसलमा बोलाएर झपाड हान्नु भएको थियो । हिरासतमा रहनु भएका गोरखा गाईखुर गासवसका देवकोटाको टाउको, आँखा र क्षाति पोले पछि अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

उहाँको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । संविधान नबनाएको आरोप लगाउँदै देवकोटाले सभासद सुवेदीलाई गालामा दुई झापड हान्नु भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae