Sahara Sansar

Wednesday, May 4, 2011

अछाम र डोटीको सीमा क्षेत्रमा बस दुर्घटना, १६ जनाको मृत्यु

वैशाख २१ डोटी।   डोटीको काडामाडौ गाविस मेलगैरामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । धनगढीबाट अछामको सदरमुकाम मङ्गलसेन जाँदै गरेको ना ४ ख ४०१८ नम्बरको बस बिहान सवा ३ बजेतिर दुर्घटना हुँदा १६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । 


अछाम र डोटीको सीमाना चौखुट्टे नजिकै भएको दुर्घटनामा २१ जना घाइते भएका छन्, केहीको अवस्था चिन्ताजनक रहेको छ । उकालोमा गुडिरहेको बस सडक छेउको भीरबाट ३ सय मिटर तलखसेर दुर्घटना भएको हो । मर्ने सबै अछामका रहेको बताईएपनि ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय चौखुट्टेका हवल्दार पदम बडुले सीआईएनलाई जानकारी दिनुभयो । 

बसमा ५० जना यात्रु रहेको प्रहरीस्ले बताएको छ । अहिले पनि घाइतेको उद्धार भइरहेको छ । नजिक अस्पताल नभएको र सामान्य प्राथमिक उपचारका लागि पनि चौखुट्टे ल्याउनु परेकाले मर्नेको सङ्ख्या थपिन सक्ने प्रहरीले जानकारी दिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae