वैशाख २१ काठमाडौं। एकिकृत माओवादीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरुको नाम तोकेको छ । अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट कृष्णबहादुर महराको नेतृत्वमा सात मन्त्री र चार राज्य मन्त्रीको नाम चयन गर्नुभएको हो । पार्टि पदाधिकारीहरुको सुझावका आधारमा अध्यक्ष प्रचण्डले महरालाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा सिफारिस गर्नभएको छ । महराले यसअघि सम्हाल्दै आउनु भएको संचार मन्त्रीमा अग्नी सापकोटा स्वास्थ्य मन्त्रीमा शक्ति बस्नेत शान्ति मन्त्रीमा विश्वनाथ शाह महिला बालबालिका तथा समाज कर्याण मन्त्रीमा जयपुरी घर्ति मगरको नाम तय गरिएको छ ।
त्यस्तै राम चन्द्र चौधरीलाई भूमिसुधार उद्योमन्त्रीमा महेन्द्र पासवान र युवा तथा खेलकुद मन्त्रीमा हितमान तामाङको नाम तोकिएको छ । अन्य मन्त्रीहरुमा धर्मशिला चापागाई हरिव्दुलाह खाँन धु्रव कुमार लिम्बु र देवी खडकाको नाम तय गरिएको छ । यसैवीच शान्ति मन्त्री वर्षमान पुन अनन्तले भने आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।
गृहमन्त्रीका रुपमा चर्चामा रहेका उनले सो नपाएपछि राजीनामा दिएको स्रोतको दावी छ । राजिनामा पछि माओवादी अध्यक्ष प्रचण्डले वर्षमान पुनलाई भेट्न बोलाउनु भएको स्रोतले बताएको छ । अनन्तको राजिनामा पछि माओवादी भित्र साम्य भएको भनिएको विवादले फेरी प्राथमिकता पाउने देखीएको छ ।
प्रधानमन्त्री झलनाथ खनालले माओवादीलाई गृहमन्त्रालय दिने निश्चित भएपछि एमाले नेताद्धय माधव कुमार नेपाल र केपी शर्मा ओली गुटले धारणा तय गर्न आन्तरिक तयारी थाल्नु भएको बताइएको छ । केही दिन अघि प्रधानमन्त्री खनालले सम्वन्ध सुधारको लागी भन्दै दुवै नेतासंग निवासमै गएर भेट गर्नुभएको थियो ।

0 comments:
Post a Comment