वैशाख २४ काठमाडौं। नेपाली काग्रेसका नेता खुमबहादुर खडकाले माओवादीलाई गृह मन्त्रालय दिएका कारण जेठ १४ अघि नै सरकार ढल्ने सम्भावना रहेको बताउनुभएको छ ।
रिर्पोटर्स क्लव नेपाल दाङ शाखाले आज तुलसिपुरमा गरेको साक्षत्कारमा नेता खड्काले आफनै पार्टीको निर्णय विपरित प्रधानमन्त्री झलनाथ खनालले माओवादीलाई गृह मन्त्रालय दिनु गलत भएको टिप्पणी गर्नुभयो । उहांले शान्ति प्रक्रिया नटुगिनुको दोष पनि माओवादीलाई दिनुभयो ।
माओबादीले चाहे जेठ १४ अघि नै शान्ति प्रक्रिया टुङिने बताउंदै उहांलेसंबिधान निमार्ण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउने प्रमुख दायित्व माओवादीको भएको बताउनुभयो । यदि जेठ १४ गतेसम्म संबिधान निर्माणको निश्चित खाका आए केही महिनाको लागि संबिधानसभाको म्याद थप्न पनि सकिने खड्काले बताउनुभयो ।
0 comments:
Post a Comment