वैशाख २४ नेपालगञ्ज। नेकपा माले समाजवादीकी सभासद शारदा नेपालीले शनिबार नेपालगञ्जको पुष्पलाल चौकमा मदिरा सेवन गरेर बवण्डर मच्चाउनुभएको छ ।
नेपालगञ्जस्थित न्यू नेपाल गेष्टहाउसमा आफ्ना श्रीमानसंग गएराति बस्नुभएकी सभासद नेपालीले विहानै मदिराले मात्तिएर गेष्टहाउस बाहिर चौकमा आएर आफ्ना श्रीमानलाई गालिगर्नुभएको प्रत्यक्षदर्शीले बताएका छन् । पाईन्ट र सर्टमा देखिनुभएकी सभासद नेपालीले आफुलाई श्रीमानबाट असुरक्षा भएका कारण गेष्ट हाउसबाट आउनुपरेको बताउनुभएको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानिय पुष्पलाल चौकमा विहानै आफ्ना श्रीमानबाट असुरक्षा भएको भन्दै सभासद नेपालीले गेष्ट हाउसबाट बाहिर आएर बवाल गर्नुभएको हो । यस बारेमा जानकारी लिन खोज्दा सभासद नेपाली सम्र्पकमा आउन मान्नुभएन । यद्यपी उहाँकी छोरीले बावु र आफ्नी आमा नेपाली गेष्टहाउसमा बसेको भने स्वीकार गर्नुभएको छ ।
यस अघि पार्टीले आफ्नो तलबबाट धेरै रकम लेबी मागेको आक्रोशमा बिष सेवन गरेर सभासद नेपाली राजधानीमा आत्महत्याको प्रयास गर्नुभएको थियो । कुटनीतिक पासर्पोट दुरुपयोग, बिद्युत चोरी लगायतका घटनामा सभासदहरु मुछिने क्रम चलिरहेका समयमा माले समाजवादीकी सभासद नेपालीले पछिल्लो समयमा मदिरा सेवन गरेर नेपालगञ्ज बजारमा बवण्डर मच्चाउनुभएको छ ।
0 comments:
Post a Comment