कमल कुमारी शाह
बैशाख २० बाजुरा बाजुरा जिल्लाको दहकोट गाबिस वडा नं एक मा आज बिहान झाडा पखालाबाट एक महिलाको मृत्यू भएको छ। मृत्यूहुने मा हिरेन्द्र बि.क. की २२ बर्षीया स्वास्नी जुना बिक रहेको बुझीएको छ। मंगल बार बेलुकी बाट एकासी पखाला लागेको र पखाला आज बिहान सम्म चले पछि स्वास्थ्य चौकीमा लग्दै गर्दा बाटोमा नै मृत्यु भएको कुरा स्थानीय बासी धनबहादुर रोकायाले जानकारी दिएका छन्
जिल्लाका स्वास्थ्य संस्थामा पटक पटक झाडा पखाला सम्बन्धी अौषधिको ब्यवस्था गर्न अनुरोध गरे पनी जिल्ला स्वास्थ्य कार्यालय बाजुराको ब्यवास्थाका कारण यस खालको समस्या ब्यहोर्नु परेको कुरा स्थानीय बासीको गुनासो छ।जिल्ला स्वास्थ्य कार्यालयका प्रमसख भवानी प्रशाद शर्मले भने कार्यालयमा कुनै
जानकारी नआएको र आफु संग अौषधि प्रयाप्त रहेको बताएका छन्।
डाक्टरले यसो बताई रहदा उत्त।ी भेगका ११ गाबिसलाई सेवा दिन स्थापन गरीएको कोल्टी प्राथमीक सेवा केन्द्रमा एक डाक्टरको दरबन्दी भए पनि हाल एक जना मासीकाले चलाएको अवस्था छ। ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था अौषधि र स्वास्थ्य कर्मीको समेत अभाव छ।गएको बर्ष झाडा पखाला बाट यसै सयम १५ जनाको मृत्यू भएको थियो ।
त्यस क्षेत्रमा हरेक बर्ष झाडा पखालको प्रकोप हुने गरेको छ। जिलालमा गर्मी संगै झाडा पखालाका बिरामीकिो दैनिक संख्या बृदी भएको छ। तर सरकारी समयन्त्रले खासै चँसो नदेखाएका कारण जिल्लामा यसको संख्या बृदी हुन सक्ने खतारा रहेको कुरा नागरीक समाजका अगुवा नयन बहादुर बोहराले जानकारी दिएका छन्।
0 comments:
Post a Comment