वैशाख २० सिन्धुली।सिन्धुलीमा आज दिउँसो भएको वस दुर्घटनामा दश जनाको ज्यान गएको छ । सिन्धुलीको खुर्कोटवाट वनेपा जादै गरेको वा २ ख ३३७५ नम्वरको चण्डेश्वरी ट्राभल्स पुरानो झागाझोली गाविसको गैरीपुच्छारको पहिरोमा दुर्घटनामा परेको थियो ।
खुर्कोटवाट ३५ जना यात्रु लिएर गएको वस सडकवाट ३ सय मिटर तल खसेर क्षतविक्षत भएको एवं मृतक कति छन् भन्ने एकिन गर्न नसकिएको र उद्धार कार्य भइरहेको बताइएको छ । उद्धार गरिएका २३ जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको र १५ जना गम्भिर घाईतेलाई उपचारको लागी काठमाण्डौ लगिएको स्थानीय सरद प्याकुरले जानकारी दिनुभएको छ । बसका सहचालक पुरानो झागाझोली ६ नागेडाँडाका श्याम बसेलको सनाखत भएको छ भने अन्य मृतकहरुको सनाखत हुन सकेको छैन ।
केहि दिन अघि मात्रै खुर्कोटवाट सिन्धुलीमाढी आउदै गरेको वस विपि राजमार्गको पिपलभन्ज्याङ्मा दुर्घटना हुदा ३ जनाको मृत्यु भएको थियो भने ४१ घाईते भएका थिए
0 comments:
Post a Comment