Sahara Sansar

Tuesday, May 3, 2011

पत्रकारलाई उद्घाटन सत्रको कार्यक्रममा जानबाट रोकियो

राजेन्द्र न्यौपाने
 बैशाख २० गोरखा। पत्रकार महासंघको पार्षद भएपछि के गर्नुपर्ला सबैलाई थाहै छ केन्द्रीय अधिवेशनमा भाग लिन अनिवार्य जानुपर्दछ । यसका लागि नेपाल पत्रकार महासंघले सहयोग गर्नुपर्दछ । तर गोरखा जिल्लामा भने एक जना महिला पार्सद माथि घोर अन्याय गरिएको छ ।

यस अघि नेपाल पत्रकार महासंघको कार्यक्रममा पत्रकार सबैलाई उद्घाटन सत्रको कार्यक्रममा लाने गरिए पनि यो वर्ष भने लेख्ने पत्रकारहरुको पनि सहभागिता भएका कारण जग्गा दलाली पत्रकारहरु एक्ला एक्लै गुपचुप काठमाण्डौ लागेका छन् । बामपन्थीको भोटरलाई किन काठमाण्डौ लैजाने भन्दै उनीहरुले गोरखाकी पार्सद कल्पना ढकाललाई काठमाण्डौ नआउन समेत धम्की दिएका छन् ।

एक भोट भने पनि घटाएर शिव गाउँलेलाई नजिताउने षड्यन्त्रमा उनीहरुका उत्रिएका हुन् । आफुलाई एक्लै काठमाण्डौ जान समस्या भएको र उनीहरुले पनि आउनुपर्दैन भनेकाले आफु दोधारमा परेको उहाँले बताउनुभयो ।

यस अघि इटहरी र पोखरामा भएको प्रेस युनियनको कार्यक्रमा सबै पत्रकारहरुको कार्यक्रम भन्दै लाखौं रुपयाँ चन्दा उठाएर र सरकारी अड्डालाई थर्काएर किशोरजंग थापाको नेतृत्वमा काँग्रेस नेताहरु समेत सो स्थान पुगेका थिए । स्वतन्त्र प्रेस र प्रजातन्त्रका ठूला कुराहरुको व्यवहारले गोरखा जिल्लाका पत्रकारहरु लाई समस्या पर्दै गएको छ । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae