राजेन्द्र न्यौपाने
बैशाख २० गोरखा। गोरखा जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि कुहिरे भीरको जंगलमा भ्यूटावर निर्माण गर्न लागेपनि पुरात्व विभागले रोकेको छ। गत पुसमा सम्पन्न नगरपरिषद्ले भ्यू टावर निर्माण गर्ने निर्णय गरेर त्यसका लागि बजेट समेत विनियोजन गरिसकेको छ । पुरातत्व विभागबाट सहमति नपाएका कारण भ्यूटावर निर्माण प्रक्रिया रोकिएको हो ।
तुरुन्तै स्थगत अवलोकन गरेर सहमति दिन पुरातत्व विभाग सँग गोरखा नगरपालिकाले आग्रह गरेको छ । नाङ्गै रहेको भीरमा टावर निर्माणका लागि नगरपरिषदले यो वर्ष २५ लाख रकम विनियोजन गरेको छ भने अर्को बर्षका लागि ३५लाख छुट्याइएको छ ।

असार मसान्त सम्म सक्नुपर्ने काम अझै शुरु भएको छैन । गोरखा जिल्लाको पर्यटनको विकास नहोस् भनेर षड्यन्त्र भएको स्थानीयको आरोप छ । भ्यू टावर निर्माण हुने स्थल (कुहिरेभीर) संरक्षण क्षेत्रत्रि पर्ने भएकोले पुरातत्व विभागले सहमति दिनुपरेको हो ।
पर्यटन व्यवसायी, राजनैतिक दल, जिल्ला प्रशासन प्रमुख, उद्योग वाणिज्यसँग, गोरखा नगरपालिका, जिल्ला विकास समिति गोरखा, पर्यटनविद्हरुले त्यस क्षेत्रमा भ्यू टावर निर्माण गर्न सके गोरखा जिल्लाको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने धारणाका साथ बजेट सहितको कार्यक्रमल्याइएको हो ।
गोरखा दरबार हेरचाह अड्डाका प्रमुख नानीबाबु पोखरेलले विभागकाले सहमति दिए काम गर्न नरोकिने बताउनुभयो ।
0 comments:
Post a Comment