Sahara Sansar

Tuesday, May 3, 2011

मनाङमा पाँचदिन देखि विद्युत अवरुद्ध

राजेन्द्र न्यौपाने
 बैशाख २० मनाङ । जिल्लाको चामेमा विगत पाँच दिनदेखी विद्युत सेवा अवरुद्ध भएको छ । स्थानीय स्यार्फु खोलाबाट २०४५ सालमा निर्माण गरिएको ४५ किलोवाटका विद्युत सेवा बन्द हुँदा मनाङमा गएका अन्नपूर्ण क्षेत्रका यात्रा गर्ने पर्यटकहरुलाई असर गरेको छ । शुक्रबारदेखि विद्युत सेवा बन्द भएको हो । विद्युत उपभोक्ता समितिका अध्यक्ष यज्ञ प्रसाद घलेका अनुसार के कारणले विद्युत बन्द भयो खुल्न सकेको छैन । 

विद्युतका इञ्जिनियर हिरा आमात्यका अनुसार बेरिङ ब्रेक बाँचिएर समस्या भएको हुन सक्ने बताउनुभयो ।सबै इञ्जिनहरु पुरानो भएको कारण पटक पटक समस्या भईरहेको उहाँको भनाई छ । दक्ष कर्मचारी अभाव र पुराना मेसिनका कारण चामेको विद्युतमा समस्या छ उहाँले भन्नुभयो ।

इञ्जिनमा भएको खराबीका कारण यस अघि ३५ किलोवाट मात्रै विजुली उत्पादन हुँदै आएकोछ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae