वैशाख २२ काठमाडौं। राष्ट्रपति डा. रामवरण यादवले नयाँ प्रधान न्यायाधिसमा खिलाराज रेग्मीलाई नियुक्त गर्नुभएको छ ।संसदको संसदीय सुनुवाई समितिले सुनुवाई गरे पछि संवैधानिक परिषदको सिफारीसमा राष्ट्रपति डा. यादवले रेग्मीलाई प्रधान न्यायाधिसमा नियुक्ति गर्नुभएको हो । रेग्मीले भोली देखि आफ्नो कार्यभार सम्हाल्नु हुने छ ।
उहाँको भोली नै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम रहेको छ ।प्रधानन्यायाधिश रामप्रसाद श्रेष्ठले अनिर्वाय अवकास पाएपछि सर्बोच्चका बरिष्ठ न्यायाधिस रेग्मीलाई नयाँ प्रधान न्यायाधिसमा नियुक्ति गरिएको सर्बोच्चले जनाएको छ ।
यसैवीच, प्रधान न्यायाधिस श्रेष्ठको सर्बोच्च अदालते आज बिदाई गरेको छ । सर्बोच्च अदालतमा आयोजीत बिशेष कार्यक्रममा श्रेष्ठको बिवादई गरिएको थियो ।
0 comments:
Post a Comment