बैशाख २२ बीबीसी ।दक्षिणी इराकको हिला सहरमा भएको एक कार बम बिष्फोटमा परी २१ जना प्रहरीको मृत्यु भएको सहरको अस्पतालका प्रमुखले बताएका छन्। बिष्फोटमा परेर ४० भन्दा बढी घाइते भएका छन् । बिष्फोटमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
बिहीवार बिहान भएको बिष्फोटका कारण प्रहरी पोष्टको माथिल्लो भाग क्षतविक्षत भएको बताइएको छ । इराकी अधिकारीहरुका अनुसार मारिनेहरुमा केही प्रहरी अधिकृतहरु समेत रहेको बीबीसीले जनाएको छन् ।
0 comments:
Post a Comment