Sahara Sansar

Thursday, May 5, 2011

महासचिव पदको पुनः मतगणना गर्न माग

वैशाख २२ काठमाडौं। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको महाचिव पदमा ३ मतले पराजित रामजी दाहालले पुनः मतगणना गर्नुपर्ने माग सहित निर्वाचन समितिमा निवेदन दिनुभएको छ ।

हिजो सम्पन्न मतगणनामा नेपाल प्रेस युनियनका तर्फबाट महासचिवका उम्मेदवार दाहाल क्रान्तिकारी पत्रकार संघका उम्मेदवार ओम शर्मासंग ३ मतले पराजित हुनुभएको थियो । शर्माले ६०५ र दाहालले ६०२ मत पाउनुभएको थियो ।

दाहालले आज विज्ञप्ती जारी गरेर पत्रकार महासंघको निर्वाचन प्रक्रियामा आफ्नो समर्थन रहे पनि मतगणनामा भएको त्रुटिका कारण आफुले पराजय भोग्नुपरेको बताउनुभएको छ । उहाँले पुनः मतगणना गरेर प्रजातान्त्रिक पद्धतिको थालनि गर्न आग्रह गर्नुभएको छ ।  

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae