Sahara Sansar

Thursday, May 5, 2011

माओवादीलाई कुटनीतिक मर्यादा विपरीत काम गर्न नदिने परराष्ट्रमन्त्री यादवको भनाइ

बैशाख  २२ काठमाडौ।नवनियूक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री उपेन्द्र यादवले माओवादीलाई कुटनीतिक मर्यादा विपरित गतिविधि गर्न नदिने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा यादवले भारतीय राजदुत राकेश सुद माथि माओवादी कार्यकर्ताले गरेको दुव्र्यवहारप्रति लक्षित गर्दै विगतमा भएका कुटनीतिक मर्यादा विपरितका क्रियाकलापलाई दोहोरिन दिन नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले दुई मुलुकबीचको समस्या समाधान कुटनीतिक मर्यादा  विपरित समाधान नहुँने बताउनु हुँदै यसतर्फ आफु सचेत भएको धारण राख्नुभयो ।

उहाँले नेपाल र भारतको सम्बन्ध अन्य मुलुककोभन्दा बहुआयामिक भएकोले त्यसलाई सजगता पूर्वक सुदृढ बनाउँनु पर्नेमा जोड दिनुभयो ।



0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae