Sahara Sansar

Thursday, May 5, 2011

नीति विपरित नचल्न प्रचण्डलाई वैद्यको चेतावनी


वैशाख २२,काममाण्डौ
एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले सहमति विपरितका निर्णय नगर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिनुभएको छ । बिहान अध्यक्ष प्रचण्ड निवास नयाँ बजारमा पुगेर वैद्यले गृहमन्त्रीमा कृष्णबहादुर महराको छनौट र मन्त्रीको सिफारिसका विषयमा असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले छलफलबाट फेरि पनि समस्या समाधान गर्न सकिने आश्वासन दिनुभएको स्रोतले जनाएको छ । अहिले पनि अध्यक्ष प्रचण्ड उपाध्यक्ष वैद्य र केही नेताहरुबीच पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा छलफल चलिरहेको छ । छलफलमा वैद्य पक्षको असन्तुष्टि र पार्टीभित्रको विवादका विषयमा कुराकानी भइरहेको स्रोतले जनाएको छ ।

बिहानै सहमतिका लागि मध्यस्थताको भूमिका खेल्न अध्यक्ष प्रचण्डले महासचिव रामबहादुर थापा बादलसँग पनि आग्रह गर्नुभएको छ । नयाँ बजारमा प्रचण्डले महासचिव बादलसहितका केही नेताहरुसँग छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae