Sahara Sansar

Thursday, May 5, 2011

बम बनाउने क्रममा बिष्फाट भई एक जनाको मृत्यु

 वैशाख २२ रुपन्देही । बम बनाउने क्रममा रुपन्देहीको मानमटेरीया गाबिस वडा नंम्बर ६ मा एक जनाको मृत्यु भएको छ ।मृत्तक भारतीय मुलका भएता पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जिल्लाको मानमटेरीया गाबिस वडा नम्वर ७ ईन्कुरीया खोलामा बम बनाउने क्रममा गएराती बिस्फोट हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख शेर बहादुर बस्नेतले बताउनु भएको छ ।  

बम बिस्फोटबाट गंभिर घाईते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको साथ बाट प्रहरीले बिभिन्न अपराधीक संगठनहरुले प्रयोग गर्ने फोन नम्बरहरु फेला पारेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae