Sahara Sansar

Sunday, May 8, 2011

पूर्व सांसद मञ्चको चरणबद्ध आन्दोलन सुरु

बैशाख २५ काठमाडौ । संमयमै संविधान जारी गर्न माग गर्दै पुर्व सांसद मञ्चले आईतवारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ । आन्दोलनको पहिलो चरणमा अहिले संविधानसभा भवन नयाँ बानेश्वर अगाडी पूर्व सांसदहरु अहिले रिले अनसनमा छन् । 

उनीहरुले जेठ १४ गतेसम्म दैनिक १२ घण्टा अनसन गर्ने जनाएका छन् । पुरा गर इमान जमान समयमै शान्ति र संविधान भन्ने नारा सहित मञ्च आन्दोलनमा उत्रिएको हो । मञ्चमा माओवादी बाहेकका दलहरुका पुर्व सांसदहरुको सहभागिता रहेको छ । संविधान जारी गर्न तोकिएको मिति जेठ १४ आउन अव २० दिन बाँकी छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae