Sahara Sansar

Tuesday, May 3, 2011

मुस्ताङमा नमुना पुस्तकालय

चन्द्रश्वर बस्ताकोटी
 बैशाख २० जोमसोम । तल्लो मुस्ताङको टुकुचेमा २००८ सालमा स्थापना गरिएको थाक पुस्तकालय जिल्लाकै नमुना पुस्तकालयको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । गाउँका नागरिकहरुलाई शिक्षित गराउने उदेश्यले राणाकालिन अवस्थामा स्थापना गरेको यो पुस्तकालय प्रति मुस्ताङका बासिन्दा आर्कषित हुन थालेपछि अहिले दैनिक १ सयको हारहारीमा पाठक अध्यायन गर्न आउने गरेका छन् ।

पुस्तकालयको चर्चा देश तथा विदेशमा समेत हुन थालेपछि रिड नेपालले समेत केही आर्थिक सहयोग गरेपछि स्थानियबासिन्दामा निकै उत्साह छाएको थियो । अहिले रिड नेपालले नेपालमा सञ्चालन गरेका पुस्तकालय मध्ये यो नमुना नै भयो र पुरस्कार समेत ल्याउन सफल भयो ।

पुस्तकालयको अहिले करिब २४ लाख नगद मौजात रहेको छ भने पाठकको चाप संगै अहिले ७ हजार दुई सय भन्दा बढि विभिन्न विधाका पुस्तकहरू राखिएको छ । यो बर्ष मात्र करिव १ लाख ६० हजारको लगानी गरि नयाँ पुस्तक ल्याइएको बिगत १८ बर्ष देखि निरन्तर पुस्तकालयका अध्यक्ष रहेका इन्द्रबहादुर तुलाचनले जानकारी दिनुभयो ।

पुस्तकालयले अहिले राम्रो आम्दानी गर्न सफल भएपछि  स्थानिय योगेन्द्र उच्च मावि, गाउँमा रहेका सामाजिक संस्थाहरुलाई आर्थिक सहयोगका साथै प्रत्येक बर्ष स्रस्ताहरुलाई सम्मान समेत गर्ने गरेको छ । आफ्नै तिनतले भवनको पुस्तकालयमा बाल कक्ष, फोन, फ्याक्स, इमेल, इन्टरनेटका साथै जिल्लाका पुराना बस्तुहरु समेत राखिएको छ ।

३५ जिल्लामा ४५ बटा पुस्तकालयलाई सहयोग गदै आईरहेकोे रिड नेपालको सक्रियतामा पछिल्ला केही बर्षमा मुस्ताङको टुकुचे, जोमसोम र लोमान्थाङमा स्थापना भएको पुस्तकालयका साथै नेपालभरीमा उत्कृष्ट पुस्तकालय हुन सफल भएपछि विदेशी सहयोगीले यो पुस्तकालयको अवलोकन गर्न गरेकाछन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae