रविन राचलिका
बैशाख २१ भक्तपुर। भक्तपुर काठमाण्डौंको चाइनारोडले नयाँ रुप पाए पछि त्यहाँ सरदर एक सय किमी प्रतिघण्टामा सवारी साधन हाक्ने गरेका छन् । भक्तपुरको दुधपाटीदेखि काठमाण्डौं चल्ने एक्सप्रेस बस सेवालाई बिगतमा कोटेश्वर सम्म पुग्न तीस मिनेट लाग्थ्यो । सो दुरी अहिले पार गर्न पन्ध्र मिनेट मात्र लाग्ने गरेको छ । त्यसैले सो रुटको सेवालाई बस ब्यबसायीले नाम परिबर्तन गरी सुपर एक्सप्रेस भनेका छन् । सो रुटका गाडीलाई कोटेश्वर बाट बागबजार पुग्न भने कम्तीमा तीस मिनेट लाग्ने गरेको छ ।
कोटेश्वर देखि बागबजार सम्मको दुरी भक्तपुर देखि बागबजार सम्मको दुरीको एक चौथाइ मात्र हो । काठमाण्डौंको बाटोमा सुपर एक्सप्रेसलाई बढीमा चार मीनेट लाग्नु पर्ने हो । तर काठमाण्डौंको बाटाहरु अब्यबस्थित भएकोले सुपर एक्सप्रेसको यात्रुहरुलाई बीस मिनेटमा यात्रा पुरा गराउने योजना सफल देखिएको छैन ।
सिहदरवार वरपरको साँघुरो बाटोको कारण यात्रा ढिलो हुने गरेको बसका चालकहरु बताउछन् । अति ब्यस्त हुने सिहदरवारमा मुश्किलले चार लेनको बाटो निमार्ण भएको छ । अति संबेदन्शिल क्षेत्रमा कम्तीमा छ लेनको बाटो बन्नु पर्ने सिहदरवार भित्र कार्यरत चालकहरुले सुझाब दिएका छन् ।
उता सिहदरवारसंगै जोडिएको सैनिक मुख्यालय अगाडिको साबर्जनिक बाटोमा समेत सवारी साधनहरु गुड्न दिएमा सो क्षेत्रमा जाम कम हुने सैनिक मुख्यालयका चालकहरुको बिचार रहेको छ । माइतीघर देखि भद«काली सम्मको बाटो हाल सैनिक मुख्यालयले कब्जा गरेको छ । जसको कारण सिहदरवारको बाटो हुदै ओहरदोहर गर्ने सवारी साधनहरुले एक पटकमा कम्तीमा पनि चार मिनेट पर्खेर हैरानी खेप्दै आएका छन् । सिहदरवारको जाम कम गर्न बिजुलीबजारबाट सिहदरवार पुग्ने धोबीखोला किनाराको बाटो फराकिलो गर्न स्थानीयको माग रहेको छ । तर धोबी खोलाको किनारामा सगरमाथा टिभी लगायतका ठुला भवनहरु खडा भएका छन् ।
एमालेले बल्खु खोला मिचेर भवन खडा गरे झै धोबीखोला मिचेर सगरमाथा टिभी भवन बनेको हो । हाल उक्त सडक बैकल्पिक सडकको रुपमा मात्र प्रयोग हुदै आएको छ । एक लेनको सो बाटोलाई दुइ लेन सम्म बनाएमा मुख्य बाटोको रुपमा प्रयोग गर्न सकिन्छ । बल्खुदरवारको बाटो पीच छ, तर सिहदरवार जाने धोबीखोलाको बाटोमा ग्राभेल समेत गरिएको छैन । बल्खुदरबारको खोला किनारामा एमालेले गाँजा खेती गरेको छ, दुर्गन्धको कारण धोबीखोलाको बाटो प्रयोग गर्न हिच्किचाउने सिहदरवारका चालकहरुले खोला किनारामा बृक्षरोपण गरी हराभरा गर्न अनुरोध गरेका छन् । सानेपाको बागमती नदी किनारामा नेपाली काङग्रेसलाई नदीको जमिन मिचेर बगैचा बनाएको छ । तर पनि त्यहाँको दुर्गन्ध हटेको छैन । धोबीखोलाको अनामनगरदेखि बिजुलीबजारसम्मको सय मीटर बाटोमा भने भुमिगत माध्यमबाट ढल बग्ने ब्यबस्था गरेमा सवारी चालकहरुले असजिलो हुदैन ।
यसबाट सिहदरवारमा सवारीको चाप घट्न गई जाम न्यून हुने मात्र नभएर सुपर एक्सप्रेस सञ्चालनमा सहज हुने देखिन्छ ।
0 comments:
Post a Comment