Sahara Sansar

Saturday, May 7, 2011

राजनीतिमा राष्ट्रसंघले मानवअधिकारका नाममा हस्तक्षेप गरको सन्चारमन्त्री सापकोटाको आरोप

वैशाख २४  काठमाडौं।  नवनियूक्त सूचना तथा सन्चार मन्त्री अग्नी सापकोटाले मानवअधिकारको नाममा राष्ट्र संघले नेपालको राजनीतिमाथि हस्तक्षेप गरको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले शनिबार  काठमाडौंमा गरेको साक्षात्कारमा एकीकृत माओवादीका पोलिटब्युरो सदस्य समेत रहनुभएका सञ्चारमन्त्री सापकोटाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको स्वार्थमा गरिएको रिपोर्टिङ्गको आधारमा राष्ट्रसंघ जस्तो गरिमामय संस्थाले हल्का राजनीतिक मामिलामा हस्तक्षेप गर्न नहुने बताउनुभयो । उहाँले राष्ट्रसंघका यस्ताखालका गतिविधिले उसको गरिमामाथि नकारात्मक असर पर्ने चेतावनी दिनुभएको छ ।

सापकोटाले अर्जुन लामाको अपहरण गरेर हत्या गरेको घटनालाई उछालेर मानव अधिकारको नाममा नेपालको राजनीतिमा हस्तक्षेप गर्ने प्रयास भएको भन्दै राष्ट्रसंघको त्यस्तो कार्य कदापी स्विकार नगर्ने बताउनुभएको छ । उहाँले संविधानसभालाई प्रभावित गर्ने उद्देश्यले आफूमाथि मानवअधिकार उल्लंघनको आरोप लगाएको दावी गर्नुभएको छ ।

माओवादीको सशस्त्रद्धन्दका समयमा पार्टीको निर्णय अनुसार अर्जुन लामाको हत्या भएको बताउनुभएका सञ्चारमन्त्री सापकोटाले लामाको हत्यामा आफ्नो व्यक्तिगतसंलग्नता नरहको बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae