Sahara Sansar

Thursday, May 5, 2011

लादेन मारिदाका तस्वीर सार्वजनिक हुँदैन:ओवामा

वैशाख २२ एजेन्सी । अमेरिकी राष्ट्रपति बराक ओबामाले ओसमा बिन लादेन मारिदाको दर्दनाक तस्वीरहरु सार्वजनिक नगरिने घोषणा गर्नु भएको छ ।

ती तस्वीरहरु सार्वजनिक गर्ने या नगर्ने भन्ने विषयमा अमेरिकी उच्च अधिकारीहरुबीच व्यापक छलफल भइरहँदा राष्ट्रपति ओबामाले यस्तो घोषणा गर्नु भएको हो । त्यस्ता तस्वीरहरु सार्वजनिक गर्दा अल कायदा नजिक अन्य संगठनहरु माझ उत्तेजना फैलन सक्ने राष्ट्रपति ओबामाको भनाइ रहेको छ ।

लादेन मारिएका तस्वीरहरु उपहारको रुपमा सार्वजनिक गर्नु ठीक नहुने उहाँले बताउनुभयो । यसअघि ह्वाइट हाउसले हिजो छिट्टै लादेन मारिदाको दर्दनाक तस्वीरहरु सार्वजनिक गरिने बताएको थियो ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae