वैशाख २३ काठमाडौं। अतिकम विकसित मुलुकहरुको सम्मेलनमा भाग लिन जान लागेको प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वको ३० सदस्यीय प्रतिनिधि टोलीको खर्च सरकारले अनुमोदन गरेको छ।मन्त्रिपरिषदको आज विहान बालुवाटारमा बसेको बैठकले ब्यवस्थापीका संसदका प्रतिनिधि तथा निजामति प्रसाशनका प्रतिनिधिहरु समेत भाग लिने निर्णय गरेको छ । प्रधानमन्त्री खनाल संयुक्त राष्ट्रसंघ सम्वद्ध विश्वका अतिकम विकसित मुलुकहरुको संगठन (एलडिसिजिज) को आइतबार टर्कीमा हुनलागेको सम्मेलनमा भाग लिन आजै स्तानबुल प्रस्थान गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि खनालको यो पहिलो विदेश भ्रमण हो । नेपाल अतिकम विकसित मुलुकको अध्यक्ष पनि हो । अध्यक्ष राष्ट्रका हैसियतले प्रधानमन्त्री खनालले सोमबार एलडिसिजजका सदस्य तथा आमन्त्रित मुलुकका प्रतिनिधिलाई सम्वोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनले अहिले ४८ सदस्यीय रहेको एलडिसिजजका सदस्य राष्ट्रको संख्या आगामी दश वर्षमा ५० प्रतिशतमा झार्ने कार्ययोजना पारित गर्ने बताइएको छ । प्रधानमन्त्री खनालको भ्रमण टोली २१ सदस्यीय छ ।
भ्रमणदलमा प्रधानमन्त्री पत्नी रविलक्ष्मी चित्रकार, परराष्ट्रमन्त्री उपेन्द्र यादव, मुख्य–सचिव माधव घिमिरे, परराष्ट्र सचिव मनदकुमार भट्टराई, वाणिज्य सचिव पुरुषोत्तम ओझा, राष्ट्रिय योजना आयोगका कार्यवाहक अध्यक्ष डाक्टर दिनेशचन्द्र देवकोटा, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार मिलन तुलाधर, प्रेस सल्लाहकार सूर्य थापा, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्य लगायत छन् ।
स्तानबुलमा रहंदा प्रधानमन्त्री खनालले संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन, युरोपियन युनियनका अध्यक्ष लगायतसित भेट्ने कार्यक्रम छ । खनाल आगामी शनिबार स्वदेश र्फकने कार्यक्रम छ ।

0 comments:
Post a Comment