Sahara Sansar

Friday, May 6, 2011

पशुपति क्षेत्र विकास कोष २५ औं वर्षमा

 बैशाख २३ काठमाडौं।  आराध्यदेव श्रीपशुपतिनाथको मन्दिर र पवित्र पाशुपत क्षेत्रलाई संरक्षण, सम्वर्धन एवं व्यवस्थित बनाउन तात्कालिन राजा स्व.श्री ५ वीरेन्द्रद्वारा तिरुपतिको यात्रा पश्चात गठन गरिएको पशुपति क्षेत्र विकास कोष आजदेखि  २५ वर्षमा प्रवेश गरेको छ ।
    
पशुपति क्षेत्र विकास कोष कार्यालयको प्राङ्गण, देवउद्यान गौशालामा आयोजित रजत महोत्व कार्यक्रमको उद्घाटन नेपाल सरकारका उप प्रधानमन्त्री भरत मोहन अधिकारीले पानसमा बत्तीवाली एवं शान्तिको प्रतिक परेवा उडाएर गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथि कोषका अध्यक्ष एवं संघीय मामला तथा संस्कृति मन्त्री खगेन्द्र प्रसाईंले आफू पशुपति क्षेत्र विकास कोषलाई सुव्यवस्थित, पारदर्शी र स्वच्छ बनाउने कामलाई दृढता पूर्वक अगाडी बढाउने बताउनु भयो ।
    
कार्यक्रमका अतिथि डा.गोविन्द टण्डनले पशुपति क्षेत्रमा कायम रहेको विकृति र पशुपति क्षेत्रका राम्रा पक्षहरुलाई औंल्याउनु भयो । रजत महोत्सव कार्यक्रममा सहभागि अतिथिहरुलाई स्वागत गर्दै कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले पशुपतिनाथ संसारकै हिन्दूहरुको आराध्य देव भएको हुनाले यसको संरक्षण तथा प्रचार प्रसारमा सम्पूर्ण नेपालीहरुले आ–आफ्नो ठाँउबाट योगदान गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा कोषका संचालक परिषदका सदस्य सुनिल वंशल आफू सदस्यकोरुपमा पशुपतिनाथको सेवागर्न पाएकोमा गौरवान्वित भएको कुरा राख्नुभयो ।
    
कार्यक्रमका विशिष्ट अतिथि कोषका अध्यक्ष एवं संघीय मामला तथा संस्कृति मन्त्री खगेन्द्र प्रसाईंले कोषको तर्फबाट कोषका ७५जना सफाई कर्मचारीहरुलाई रुद्राक्षको माला लगाई सम्मान गर्नु भएको थियो । कोषको स्थापना काल देखिका रकम कर्मचारी बद्री डंगोललाई नगद दश हजार र दोसल्ला ओढाई अभिनन्दन गरिएको थियो ।
   
रजत महोत्सव कार्यक्रमको सभापति समेत रहनु भएका कोषका सदस्य सचिव शुशील नाहटाले आगामी दिनमा संचालक परिषद्, कोषका कर्मचारी र स्थनियवासीको सहयोगमा पाशुपत क्षेत्रको मुहार फेर्ने योजना ल्याउने जानकारी दिनु भयो । वैशाख ३० गते पशुपति क्षेत्रमा बहुपतिक्षित विद्युतीय शवदाह गृहको शुभारम्भ गर्ने, निकट भविष्य मै अन्तराष्ट्रि मन्दिर सम्मेलन काठमाण्डौमा गर्ने योजना रहेको कुरा बताउनु वहाँले बताउनु भयो । 

तीर्थयात्रीहरुकोलागि सुविधा सम्पन्न धर्मशालाको निर्माण तथा पशुपति क्षेत्र विकास कोषलाई आर्थिकरुपमा सबल बनाउने आफ्नो प्रमुख अभियान रहेको कुरा पनि वहाँले बताउनु भयो । कार्यक्रममा उदघोषण कोषका कर्मचारी निर्देशक रमेश उप्रेतीले गर्नु भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae