बैशाख २५ कञ्चनपुर। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले मधेशीलाई अधिकार दिलाउन चाँडै निर्णायक आन्दोलन गर्ने तयारी भईरहेको बताएका छन् ।
रिर्पोटर्स क्लव नेपाल कञ्चनपुर शाखाले आईतवार महेन्द्रनगरमा गरेको साक्षत्कारमा उनिहरुले मधेशीहरु अहिलेसम्म पनि शोषित हुँदै आएको भन्दै आफ्ना अधिकारका लागि आन्दोलन आवश्यक रहेको बताएका हुन्।
कार्यक्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले मुख्य तीन दल सत्तालिप्साको भागबन्डामा अल्झेका कारण हालसम्म संविधान बन्न नसकेको आरोप लगाउनुभयो । उहाँले संविधानसभाको म्याद थप्न नसकिने बताउनुभएको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेर राजनीतिक बेइमानी गरेको आरोप लगाउँदै माग पुरा गराउन देश ठप्प पार्ने चेतावनी दिनुभयो ।
0 comments:
Post a Comment