बैशाख २५ काठमाडौं। प्रधानमन्त्री झलनाथ खनालले अतिकम विकसित मुलुकहरुमा खाना तथा इन्धनको अभाव र आर्थिक संकटका कारण समस्याहरु पैदा भएको बताउनुभएको छ । विश्वका अतिकम मुलुकहरुको संसदिय मंचको बैठकलाई आईतवार टर्कीको इस्तानबुलमा संवोधन गर्दै प्रधानमन्त्री खनालले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री झलनाथ खनालले परम्परागत र नयाँ चुनौतिहरुको सामना गर्दै नतिजामुखी परिणामको लागि उपल्लो स्तरको विश्व साझेदारीको आवश्यकता रहेको बताउनुभयो । आम जनताको हित र जीवनस्तर सुधारको लागि जनप्रनिधिको महत्वपूर्ण भूमिका हुने प्रधानमन्त्रीले बताउनुभयो ।

0 comments:
Post a Comment