Sahara Sansar

Monday, May 2, 2011

भूमिहिनहरुलाई जग्गा वितरण

राजेन्द्र न्यौपाने
 बैशाख १९ गोरखा। सँधै दरौंदी खोला हिंड्ने गरेको स्थानमा खेत बन्छ भनेर कमैले सोचेका थिए । माओवादी नेता डा. बाबुराम भट्टराईले दरौंदी नदिलाई तटबन्ध बाँधेर यहाँको जमिन भूमिहिनहरुलाई वितरण गरिन्छ भनेपछि सबैमा आशा पलाएको थियो ।

दरौंदी नदिका दायाँ बायाँ किनारामा तटबन्ध लगाएपछि यहाँको १६०० रोपनी जमिन भूमिहिनहरुले पाएका छन् ।नदी नियन्त्रण भएपछि गोरखा नगरपालिका वडा नं. ९,१० र मिरकोट ५ मा पर्ने झोलुङगे फाँट, लाम गरा, हात्तिसर लगायतका फाँटको भुभाग संरक्षित भएको हो ।

जग्गा जमिन भएका र विपन्न परिवारलाई प्रक्रिया पु¥याएर जग्गा वितरण गरिएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर भण्डारीले जानकारी दिनुभयो ।दुईवर्ष अघि बनेको उक्त समितिले नदी नियन्त्रित भुभाग वितरण गदैर् आइरहेको छ ।समितिमा २०० जना सदस्य रहेका छन् । सबैलाई जग्गा दिन भने नसकिएको उहाँे जानकारी दिनुभयो ।

खेत भएकाहरुलाई जग्गा नदिएको स्थानीय समाजसेवी सूर्य भण्डारीले बताउनुभयो । बहुसंख्यक कुमाल र दलितलाई जग्गा वितरण गरिएको छ । जग्गा १५ मिटरदेखि बढीमा परिवार संख्या अनुसार २ रोपनी सम्म वितरण गरिएको छ ।जग्गा पाउनेहरुले बाबुरामले भनेको पु¥याए भन्दै खुशी व्यक्त गरेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae