Sahara Sansar

Monday, May 2, 2011

सहभागितात्मक आधारभूत सहकारी लेखापालन तालिम शुरु

मीना थापा मगर
 बैशाख १९ पोखरा। सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा र लखन बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा ६ दिने सहभागितात्मक आधारभूत सहकारी लेखापालन तालिम शुरु भएको छ।

तालिमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि एवं सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य चन्द्रबहादुर ठकुरीले सहकारीको आधारभूत विषयबारे स्पष्ट पार्नुभयो । यसैगरी कार्यक्रममा लखन बचत तथा ऋण सहकारी संस्थाका कानुनी सल्लाहकार महेन्द्रमान व्यथित, जनचेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरस्वती राना मगर, प्रशिक्षक एवं सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा शाखाका अधिकृत बालकृष्ण सुवेदी, ना.सु. यामबहादुर राना मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
      
लखन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विष्णुमाया पुन मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगरले गर्नुभएको थियो । सोमबार देखि शुरु भएको तालिम २४ गतेसम्म सञ्चालन हुने जनाएको छ । तालिममा लखन बचत तथा ऋण सहकारी एवं जनचेतना बचत तथा ऋण सहकारी संस्थाका सदस्य लगायत कर्मचारी गरी ३१ जनाको सहभागिता रहेको छ ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae