Sahara Sansar

Saturday, May 14, 2011

तीन पतिले प्रचण्ड सकिए, सबै जनता मिले माओवादी नै सकिने: चित्रलेखा यादव

राजेन्द्र न्यौपाने
 बैशाख  ३१ गोरखा।नेपाली काँग्रेसकी केन्द्रीय कोषाध्यक्ष चित्रलेखा यादवले तीनपति ( राष्ट्रपति, सेनापति, पशुपति ) ले माओवादीका अध्यक्ष प्रचण्डलाई सकेको दावी गर्दै सबै जनताहरु जागे माओवादी सकिने बताउनुभयो ।नेपाल शिक्षक संघ गोरखाको २२ औं स्थापना दिवस तथा शिक्षक अभिनन्दन समारोह मा बोल्दै नेतृ यादवले सो कुरा बताउनुभएको हो । भाषणको पुरै समयमा माओवादीलाई गाली गर्न खर्चेकी यादवले अर्का नेता बाबुराम भट्टराई पार्टी भित्रको एकमात्र डा. भएपनि बुद्धि भने अन्य अशिक्षित माओवादी कार्यकर्ताहरुको जस्तै व्यवहार उनको भएको आरोप लगाउनुभयो ।

शिक्षक संघले राखेका सबै मागहरु तुरुन्तै पुरा गर्ने बचनबद्धता गर्नुभएकी यादवले पश्चिम बंंगालमा कम्युनिष्ट सकिए जसरी नै माओवादी नेपालबाट सकिने दावी गर्नुभयो ।उहाँले संविधान सभाको म्याद थप्नुपरेपनि एक वर्ष थप्नुको औचित्य नहुने बताउनुभयो । एकवर्ष संविधान सभाको म्याद किन थप्ने भन्दै सेना समायोजन र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपाली काँग्रेस प्रतिवद्ध रहेको दावी गर्नुभयो ।

यसैगरी नेपाली काँग्रेसका सभासद एवं केन्द्रीय सदस्य मनमोहन भट्टराईले लोकतान्त्रिक संविधानका लागि काँग्रेस लडिरहेको बताउनुयभो । अर्का केन्द्रीय सदस्य सु्रेन्द्र पाण्डेले गोरखाबाट माओवादी सकिने जिकिर गर्नुभयो ।

कार्यक्रम नेपाल शिक्षक संघका गोरखा जिल्ला अध्यक्ष तोयराज गुरुङको अध्यक्षता र सचिव तारा पुडासैनीको सञ्चालनमा हिमाली चलचित्र मन्दिरको सभाहलमा सम्पन्न भएको थियो । सोही अवसरमा जिल्लामा द्वन्दको क्रममा मारिएका ६ जना शिक्षकका परिवार जन र घाइते शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae