Sahara Sansar

Saturday, May 14, 2011

सेना समायोजन र शान्ति प्रक्रियाका विषयमा अन्य दलसंगको छलफललाई तीव्र पार्ने माओवादीको निर्णय

 वैशाख ३१ काठमाडौं। एकीकृत नेकपा माओवादीले सेना समायोजन र शान्ति प्रक्रियाका विषयमा अन्य दलसंगको छलफललाई तीव्र पार्ने निर्णय गरेको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास नयांबजारमा आज बिहान बसेको माओवादी केन्द्रीय पदाधिकारी बैठकले सेना समायोजन, शान्ति प्रक्रिया र संविधानसभाको म्याद थप्ने विषयमा छलफललाई तीव्रता दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसंग कुरागर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले तयार पारेको सेना समायोजनसम्वन्धी नीति तथा योजना अन्य दलसमक्ष छलफलमा लैजाने निर्णय भएको जानकारी दिनुभयो ।माओवादीले तयार पारेको नीति तथा योजनाका बारेमा माओवादीका तर्फबाट वार्ता टोलीले अन्य दलसित छलफल अगाडि बढाउने छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae