Sahara Sansar

Wednesday, May 11, 2011

अपरिचित समूहको छुरा प्रहारबाट दम्पत्ती घाइते

वैशाख २९ दाङ । दाङमा गएराति एक अपरिचित समूहको छुरा प्रहारबाट एक दम्पत्ती गम्भीर घाइते भएका छन् ।
घोराही नगरपालिका- ५ नवलपुर निवासी वृद्धवृद्धा गएराति अपरिचित समूहले छुरा प्रहार गरी घाइते बनाएको बताइएको छ । बिहान दुवै जना अचेत अवस्थामा भेटिएका थिए ।

छुरा प्रहारबाट घाइते भई छटपटाइ रहेका ७० वर्षीय महाविर रावल र ६० वर्षीया कला रावललाई छिमेकीले उपचारका लागि घोराहीसम्म ल्याएका थिए ।

उनीहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जानकारी दिएको छ । कुष्ठरोगी दम्पत्तीलाई कस्ले र किन छुरा प्रहार गर् यो भन्ने खुल्न नसकेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरुको मुख टाउको र शरीरै भरी छुरा हानिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae