Sahara Sansar

Thursday, May 12, 2011

शान्ति र संबिधानको लागि हदै सम्मको लचकता अपनाउन माओवादी तयार

वैशाख  २९ काठमाडौं। एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले दलहरूबीच शान्ति र संविधानमा गम्भीर भई सहमति खोज्न आफु  र आफ्नो  पार्टीले निकै लचकता अपनाएको बताउनुभएको छ । राजधानीको टु“डिखेलमा चलिरहेको श्रीमद्भागवत महायज्ञमा पुग्नुभएका अध्यक्ष प्रचण्डले दलहरूबीच शान्ति र संविधानमा गम्भीर भई सहमति खोज्न आफु दिनरात लागी परेको बताउनुभएको हो । उहॉले शान्ति प्रक्रिया र संविधान निर्माणमा आफु  र आफ्नो  पार्टीले निकै लचकता अपनाएको भन्दै शान्ति र संविधानका लागि आफु प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । जनताको चाहना पूरा गर्न शान्ति र संविधान निर्माणमा सहमित खोज्नुपर्ने उहा“को भनाइ थियो । 

समाज रुपान्तरणका लागि महायज्ञको भूमिका अझै फराकिलो र सन्देशमूलक हुनुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो । शान्ति कायम गर्न महायज्ञ महत्वपूर्ण हुने भन्दै उहा“ले मानिसमा रहेको अन्धविश्वास चिर्न पनि महायज्ञले ठूलो भूमिका खेल्ने बताउनुभयो । उहा“ले आफुहरू क्रान्तिबाट शान्तिको पक्षमा उभिएको स्पष्ट पार्दै शान्तिलाई पूर्ण निश्कर्षमा पु¥याउन सबै लागी पर्नुपर्ने बताउनुभयो । 

बैशाख २१ गतेबाट सुरु भएको महायज्ञमा बैशाख ३१ गते सम्म सञ्चालन हुनेछ ।  

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae