वैशाख २२ कपिलवस्तु। कपिलवस्तु जिल्लाको गणेशपुर गाविसमा बिहीवार विहान भिषण आगलागी हुँदा झण्डै चार दर्जन घरगोठ जलेर नष्ट भएको छ । आगलागीबाट लाखौको धनमाल जलेर क्षेतिभएको प्रहरीले अनुमान गरेको छ । गणेशपुर वडा नम्वर ४ मध्यनगरमा आज करिव विहान साढे ८ बजे देखि लागेको आगलागीबाट कम्तीमा ४५ घर जलेर नष्ट भएका छन । स्थानीय नरबजेश्वर नाउको घरबाट खाना पकाउने क्रममा हावाहुरी चलेपछि सल्केको आगलागीले ४५ घर गोठ जलेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र, र स्थानीय वासीको सहयोगमा आगो नियन्त्रण भएको छ । प्रहरीका अनुसार दमकल समयमा आउन नआएपछि ठूलोक्षति भएको छ ।
उता, नेपालगञ्जस्थित सल्यानीबंगलामा रहेको पसलमा आगलागी हुँदा २ लाख रुपैया बराबरको क्षति भएको छ ।स्थानीय भीम ओलीको पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
यसैबीच वर्षासँगैको आधीवेहरीका कारण बाकेका अधिकांश ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएको छ ।
0 comments:
Post a Comment