Sahara Sansar

Wednesday, May 11, 2011

कुटनीतिक राहदानी दुरुपयोग गर्ने दुई सभासद बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर

वैशाख २८ काठमाडौं। कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका मधेसी जनअधिकारी फोरम नेपालका सभासद वीपी यादव र नेपाली जनता दलकी गायत्री साह बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।

साह र यादव विरुद्ध अख्तियारले बिशेष अदालतमा आज मुद्धादायर गरेको अख्तियारले जनाएको छ । उहाँहरुले रातो पासर्पोट अर्थात कुटनीतिक राहदानीको बेचेविखन गरे पछि प्रहरी र अख्तियारले पक्राउ गरेर अनुन्धान गरेका थिए ।

यसैवीच, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह विरुद्ध पनि अख्तियारले बिशेष अदालतमा मुद्धादायर गरेको छ । उहाँले राहदानी बिक्रिमा आफ्नी छोरी तथा सभासद गायत्री साहलाई सहयोग गरेको अभियोग लागेको छ ।

नेपाली जनता दलका अध्यक्ष हरिचरण साह केही समय देखि बेपत्ता हुनुहुन्छ । उहाँलाई प्रहरी र अख्तियारले खोजी गरिरहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae