Sahara Sansar

Wednesday, May 11, 2011

मनासलु महोत्सवमा भट्टराई

राजेन्द्र न्यौपाने
 बैशाख २८ गोरखा । एकीकृत ने.क.पा. माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा जिल्लाको विकास पर्यटन क्षेत्रको विकासबाट सम्भव भएको बताउनुभएको छ । जिल्लाको मनासलु हिमालको फेदीमा रहेको सामागाउँमा २६ गतेदेखि जारी प्रथम मनासलु महोत्सवको समापन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

पर्यटन क्षेत्रको विकासबाट आर्थिक उपार्जन गर्ने र त्यसबाट सबैको जीवनमा परिवर्तन आउने उहाँले बताउनुभयो ।मनासलु हिमालको फेदीमा चिसो सिरोटो सँगै चलेको महोत्सवको उद्घाटन पर्यटन मन्त्री खडग बहादुर विश्वकर्माले गर्नुभएको थियो ।

स्थानीय नुव्री सांस्कृति उत्थान समूहको आयोजनामा महोत्सव सम्पन्न भएको हो । माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको गोरखा आउनेक्रम ४० पुगेको छ । संविधान सभाको निर्वाचनमा विजयी भएपछि प्रत्येक महिना गोरखा आउने बचन बद्धता गर्नुभएका भट्टराई बैशाख महिनामा दूई पटक गोरखा आईपुग्नुभएको छ । यस अघि सिर्दीवास र बारपाक क्षेत्रको अनुगमनका लागि उहाँ आउनुभएको थियो ।

मनासलुको दृश्य देखेर प्रफुल्ल हुनुभएका भट्टराई नेपालीकै योजनामा देशमा केही गर्न सकिने र सबै नेपाली दाजूभाई दिदीवहिनीको भविष्य उज्ववल हुने उहाँले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae