राजेन्द्र न्यौपाने
बैशाख २३ गोरखा। हिमाली जिल्ला मुस्ताङमा यो बर्ष चरन क्षेत्रको अभावका कारण माउ र बच्चा गरि करिव ५० भन्दा बढि चौरी मरेको कृषकहरूले बताएका छन् । हिमाली क्षेत्रमा यो बर्ष पटक पटक हिमपात भएकाले हिमाल नजिकै माथील्लो चरन क्षेत्र सम्म पुग्न नसकेका चौरीहरु तलको चरन अपुग भएर, बाघको समस्या र केहि भिर बाट लडेर मरेको कृषक धौलागिरी चौरी पालक समुह मुस्ताङका सचिब सकेन्द्र गौचनका बताए ।
मर्ने मध्ये सवै धौलागिरी आइसफल तर्फको चरण क्षेत्रमा चर्ने चौरीहरु हुन । कृषक गौचनका अनुसार चौरीहरु कुनै रोग लागेर नभै बिषेश गरि चरन अभाबले मरेका हुन । केहि बर्ष अगाडि सम्म १० गोठ चौरी रहेकोमा गत बर्ष देअि १४ गोठमा करिब ७ सय चौरी उक्त चरन क्षेत्रमा चराउने गरिएको छ ।
जसमा राजेन्द्र तुलाचनको १४, सुक बहादुर बाग्दासको ८ लगायत विभिन्न कृषकहरूको सो परिमाणमा मरेको बताइएको छ । चरनको अभावमा चौरी मर्दा समेत जिल्ला पशुसेवा कार्यालयले चासो नदेखाएको कृषकहरूले गुनासो गरेका छन् ।
कोवाङ नाउरीकोटका कृषक गौचनका अनुसार चौरीबाट राम्रो आम्दानी गर्ने किसानहरूले पनि पछिल्लो समय चरन क्षेत्रको अभाव हुने गरेकाले पाल्न छाड्न थालेको बताउनुभयो । चौरीबाट नै राम्रो आम्दानी गर्न सफल भएका कृषकहरूले यसका लागि आबश्यक पर्ने चरन क्षेत्रको ब्यवस्था गर्न समेत माग गरेका छन् । उनिहरूले विगतका बर्षमा भन्दा चरनका अभावले क्षती हुन थालेको समेत बताए ।
0 comments:
Post a Comment