बैशाख २० काठमाडौं। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालले मंगलवार बिहान आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । दुई नेताबीच नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा शान्ति प्रक्रिया, संविधान निर्माण र सरकार सन्चालनमा पार्टीको भूमिका बारे छलफल भएको थियो ।
छलफलकै क्रममा वरिष्ठ नेता नेपालले पार्टी अध्यक्षसमेत रहनुभएका खनाललाई विना कारण स्थगित गरिएको केन्द्रीय कमिटीको बैठक चाँडो बोलाउन आग्रह गर्नुभएको बताइएको छ । सरकार सन्चालनको तरिका र प्रक्रियालाई लिएर प्रधानमन्त्रीसँग वरिष्ठ नेता नेपाललगायतका नेताहरु असन्तुष्ट रहेका बेला सम्बन्ध सुधार्ने उद्देश्यले दुई नेताबीच भेटवार्ता भएको हो ।
एकतर्फी रुपमा सरकार सन्चालन गरेको आरोप खेपिरहनुभएका प्रधानमन्त्री खनालले केही दिनअघि अर्का नेता केपी ओलीसँग पनि उहाँकै निवासमा भेटेर छलफल गर्नुभएको थियो ।
0 comments:
Post a Comment