Sahara Sansar

Tuesday, May 3, 2011

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औंसी

बैशाख २० काठमाडौं। आज वैशाख कृष्णपक्षको औँसी तिथी, अर्थात् मातातीर्थ औंसी वा आमाको मुख हेर्ने दिन । देशभर आमाप्रति श्रद्वाभक्ति प्रकट गरेर मातातीर्थ औसी मनाइदै छ । भगवान विष्णुले मातृवियोगबाट विह्वल भएका मानिसलाई मातातीर्थ कुण्डमा स्नान गर्न लगाई दिवङ्गत मातालाई दर्शन गराएको मान्यताका साथ मातातीर्थ औंसी मनाउने गरिन्छ । 

आज काठमाडौंको थानकोटमा रहेको मातातीर्थ कुण्डमा आमा नहुनेहरुले स्नान गरी फलफूल, खाद्यान्नलगायत चढाउने गर्छन् । आमाप्रति कृतज्ञता जनाउन आजको दिन आमा हुने छोराछोरीले मानमर्यादा र सम्मानका साथ फलफूल, मिठाइ खुवाउनुका साथै आआफ्नो गच्छेअनुसार लत्ताकपडा तथा गरगहना दिने प्रचलन रहेको छ । 

आमा नहुनेहरुले भने आज आमाको नाममा सिदा र पिण्डदान गर्नाले दिवङ्गत आमाले प्रसन्न भई आशिर्वाद दिन्छन् भन्ने जनविश्वास रहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae