वैशाख २३ काठमाडौं। उपराष्ट्रपति परमानन्द झाले जलवायु परिवर्तनको जोखिममा रहेका नेपाल लगायतका राष्ट्रले सामूहिक धारणा बनाउनुपर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्र संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उपराष्ट्रपति झाले अतिकम विकसित राष्ट्रको अध्यक्षको नाताले नेपालले जलवायु परिवर्तनको जोखिम रोक्न साझा धारणा बनाउन पहल गर्नुपर्ने बताउनुभयो।
जलवायु परिवर्तको असर सबैभन्दा कम विकसित राष्ट्रमा परेको भन्दै उहांले जलवायु परिवर्तनकै कारण नेपालमा पनि तापक्रम बढ्दै गएको धारणा राख्नुभयो । टर्कीमा हुन लागेको अतिकम विकसित राष्ट्रको सम्मेलनमा आफ्ना समस्याहरु स्पष्ट रुपमा राख्न उहांले प्रधानमन्त्री झलनाथ खनाललाई आग्रह पनि गर्नुभएको छ ।

0 comments:
Post a Comment