बैशाख ३० एजेन्सी। उत्तरपश्चिम पाकिस्तानमा आज भएको बम विस्फोटमा परि ८० जनाको मृत्यु भएको छ। अर्ध सैन्यबलको आधार शिविर नजिक गरिएको उक्त हमलामा सय वढी ब्यक्ति घाइते भएका छन् । पाकिस्तानको स्क्वायर शहरमा रहेको सैन्य आधार शिविरमा प्रशिक्षणको कार्यक्रम चलिरहेका बेला सो आक्रमण भएको हो ।
गएको मे २ मा अमेरिकि कमाण्डो फोस्रको आक्रमणमा अलकायदाका प्रमुख ओसामा बिन लादेनको मृत्यु भएपछि जवाफी आक्रमणको योजना बनाईरहेका तालिवानि बिद्रोहिले लादेनको हत्या बिरुद्ध आक्रमण गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
बिहान ६ बजे सैन्य प्रशिक्षण समारोहका लागि तयारी गर्दै गरेका अर्धसैनिकहरुको भीडमा कारमा भरिएको विस्फोटक पदार्थ पड्काएर आत्मघाती आक्रमणकारीले विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् । विस्फोट स्थल लादेनको हत्या भएको एवट्टावाद नजिकै भए पनि लादेन हत्यासंग सम्वन्धीत भए नभए बारे छानविन थालिएको अधिकारीहरुले बताएका छन् ।
0 comments:
Post a Comment