बैशाख ३० सिन्धुली। नेपाल शिक्षक संघ सिन्धुलीको २१ औं स्थापना दिवसको अवसरमा आज सिन्धुली माढीमा शान्ति लोकतन्त्र र संविधान प्राप्तीमा शिक्षक संघको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षक संघ सिन्धुलीका अध्यक्ष प्रेम भट्टराईको सभापतित्व तथा संघका कन्द्रिय सदस्य बलराम बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी बराल, नेपाली कांगे्रस सिन्धुलीका सभापति मोहन बराल, क्षेत्र नं २ का क्षेत्रिय सभापति कृष्णप्रसाद दाहाल, दलित संघका अध्यक्ष जनक तोलाङ्गे, शिक्षक युनियनका सचिव अरुण थिङ, नेपाल राष्ट्रिय शिक्षक संगठनकाअध्यक्ष टोम प्रसाद काफ्ले, महिला संघकी पार्वती थापा, अन्तरपाटी महिला संञ्जालकी अध्यक्ष यशोदा कोईराला,शिक्षक रामचन्द्र शाहु, पुर्व सचिव तथा उच्च मावि न्युवाटारका प्राचार्य रमेश देवकोटा,कमला उच्च माविका शिक्षक दुर्गा बराल,क्षेत्रिय सचिव उद्धव ढकाल लगायतले शान्ति लोकतन्त्र र संविधान प्राप्तीका लागि शिक्षकहरुको भुमिका उल्लेखनिय रहने धारणा राखेका थिए । संघका उपाध्यक्ष रेवतीरमण पहाडीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमको संघका सचिव कुमार कोइरालाले सञ्चालन गर्नु भएको थियो ।
संघको स्थापना दिवसको अवसरमा जिल्ला प्रतिनिधी सभा गर्ने कार्यक्रम, निवृत्त शिक्षक सम्मान गर्ने कार्यक्रम रहेपनि आदीवासी जनजाती महासंघको नेपाल बन्दका कारण उक्त कार्यक्रम भने स्थिगित गर्नु परेको आयोजकले जनाएको छ ।
0 comments:
Post a Comment