Sahara Sansar

Friday, May 6, 2011

नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वद्वारा कार्यभार शुरु

 वैशाख २३ काठमाडौं।अस्ति सम्पन्न २३औं महाधिवेशनबाट निर्वाचित नेपाल पत्रकार महासङ्घको कार्यसमितिले आजदेखि कार्यभार सम्हालेका छन् । आज बिहान भएको पदभार हस्तान्तरण कार्यक्रमबाट नवनिर्वाचित सदस्यहरुले पदभार ग्रहण गरेपछि औपचारिक रुपमा महासंघको नयाँ नेतृत्वले कार्यभार सम्हालेको हो । निवर्तमान अध्यक्ष धर्मेन्द्र झाले नवनिर्वाचित अध्यक्ष गाउँलेलाई माइन्युट हस्तान्तरण गरी पदभार हस्तान्तरण गर्नुभएको हो ।

पत्रकारहरुको छाता सङ्गठन पत्रकार महासङ्घमा शिव गाउँलेको नेतृत्वमा ३ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ । वाम वर्चस्व रहेको कार्यसमितिको पदाधिकारीमा एक सचिवबाहेक सबै जना एमाले निकट पे्रस चौतारी र माओवादी निकट क्रान्तिकारी पत्रकार संघको संयुक्त प्यानलका रहेका छन् भने सदस्यहरुमा पनि बहुमत सदस्य संयुक्त प्यानलबाटै विजयी भएका छन् । महासङ्घको इतिहासमा वामपन्थी निकट पत्रकारहरुले नेतृत्व सम्हालेको यो पहिलो पटक हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा पनि पहिलो पटक महिला नेतृत्व आएको छ । यशोदा तिम्सिनाले यसपटक उपाध्यक्षमा विजयी हासिल गर्नुभएको छ । नवनिर्वाचित अन्यमा महासचिव ओम शर्मा, सचिव जगत नेपाल, कोषाध्यक्ष शीतल शाह तथा अरु सदस्यहरु छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae