राजेन्द्र न्यौपाने
बैशाख २५ गोरखा। जिल्लाको दरौंदी नदि नियन्त्रण भएपछि नदि नियन्त्रित भएका जमिनहरु सुकुम्वासीलाई वितरण दिने निर्णय भएपनि गाउँका ठूलाठालुहरुले सुकुम्बासीलाई पछि पार्दै आफ्नै हुकुमी शासन गर्न थालेका छन् ।
सरकारी जमिनमा डोरीले नापेर आफ्नो क्षेत्र ठोस गर्ने र सुकुम्बासीलाई अधियामा दिने काम दरौंदी नदि किनार क्षेत्रका सामन्तहरुले थालेका हुन् ।आफुलाई पनि एकटुक्रा भनेपनि जमिन दिन आग्रह गर्दा सानी दराईले जीवनमा सबै भन्दा धेरै गाली खानुप¥यो ।
सार्वजनिक स्थानमा सानो कटेरो बनाएर दैनिक ज्यालादारीमा निमेक गर्दै आएकी दराई जस्ता धेरै सुकुम्बासीहरु दरौंदी किनारामा भएपनि स्थानीय तिन दलिय संयन्त्रका सामन्तहरुले गरिवमाथि दमन गर्दै आफ्नै राज गरेका हुन् ।दरौंदी नदि नियन्त्रण भएपछि १६ सय रोपनी जग्गा खेती योग्य भएको थियो । सबैभन्दा धेरै अनियमितता गोरखा नगर पालिकाको वडा नं. ४ र ९ मा भएको हो ।
यस बारेमा केही पनि अनुसन्धान गर्न नसकिएको गोरखा नगर पालिकाका कार्यकारी अधिकृत कृतनराज पौडेलले बताउनुभयो । जसको शक्ति उसैको भक्ति भनेझैं वर्गिय मुक्तिका लागि लड्नेहरु पनि वर्गिय धरातल विर्सेर स्थानीय स्तरमा सामन्तकै कोटामा देखिएका छन् ।
0 comments:
Post a Comment