बैंशाख २५ चितवन। कांग्रेस नेता नरहरि आर्चायले एकीकृत माओवादी र कांग्रेसबीचको सम्बन्धमा केहीदिन भित्रै सुधार आउने संकेत गर्नुभएको छ ।नेपाल प्रेस युनियन चितवनले आईतवार नारायणगढमा गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता आचार्यले आबश्यक परे कांग्रेस माओवादीबीच समिकरण बन्ने बताउनुभयो । उहाँले शान्ति प्रकृयाका दुई प्रमुख दल कांग्रेस र माओवादीबीच सहकार्य नभई शान्ति र संबिधान संभव नभएको जिकिर गर्नुभयो ।
शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन अब एक मात्र बिकल्प दुबै दलवीचको समीकरण हुनु पर्ने धारणा नेता आर्चायको थियो ।
त्यसै गरेर कांग्रेसका अर्का नेता प्रदीप गिरीले संबिधान र शान्तिको सुनिश्चितता नभएसम्म संबिधान सभाको म्याद थप्न नहुने बताउनुभयो । उहाँले शान्ति र संबिधानप्रति माओबादीले जनतासंग क्षमा नमागे सम्म म्याद थप्नुको औंचित्य नहुने तर्क गर्नुभयो ।
कांग्रेसका अर्का नेता डा मिनेन्द्र रिजालले शान्तिप्रकृया निष्कर्ष पुग्न नसक्नुको प्रमुख बाधक माओवादी भएको आरोप लगाउनुभयो । उहाले शान्ति प्रकृया निष्कर्षमा पुर्याउनका लागि सबै भन्दा पहिला सेना समायोजन हुनु पर्ने बताउनु भयो । उहाँले सेना समायोजनका लागि माओबादी नै गम्भीर हुनपर्ने बताउनुभयो ।
0 comments:
Post a Comment