Sahara Sansar

Wednesday, May 4, 2011

फोरम अध्यक्ष यादवले उपप्रधान सहित परराष्ट्रमा सफथ लिने, फोरम फेरी बिवादमा

 वैशाख २१ काठमाडौं। मधेशी जनअधिकार फोरम नेपालले पनि तीन मन्त्री र एक राज्यमन्त्रीका लागि नेताहरुको नाम प्रधानमन्त्रीलाई पठाएको छ । फोरम अध्यक्ष यादवले उपप्रधान सहित पराष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हाल्ने हुनुभएको छ । मोहम्मद इस्तीयाक राईले श्रम र हरि नारायण यादवले भने कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुने फोरमले जनाएको छ । कृषि राज्यमन्त्रीमा फोरम नेपालले रामसहाय यादवलाई सिफारीस गरेको छ ।

उता, मन्त्री चयनको बिषयमा फोरम नेपालमा बिवाद चर्किएको छ । बिवादका कारण तीन जना सभासदले पार्टी भित्र बिद्रोह गर्ने चेतावनी दिएका छन् ।

फोरम सभासदहरुले पार्टी अध्यक्ष उपेन्द्र यालवले झलनाथ खनाल नेतृत्वको सरकारमा पठाउने मन्त्रीमा आफुहरुको नाम नपरेपछि तीन जना सभासदे बिद्रोह गर्ने चेतावनी दिएका हुन् । यसरी चेतावनी दिनेमा राजलाल यादव, राजकिशोर यादव र  बिजय यादव रहेका छन् । उनीहरुले पार्टी अध्यक्ष यादवले मन्त्रीका लागि सिफारीस गर्दा एकलौटी र समावेशी बनाउन नसकेको भन्दै बिद्रोहमा जाने उल्लेख गरेका हुन् । 

पार्टीको संसदीय दलले मन्त्री छनौट गर्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । पार्टी अध्यक्ष यादवले मन्त्री छनौटमा पुर्नविचार नगरे संसदीयदलबाट अध्यक्षलाई नै कार्वाही गर्ने सभासद राजलाल यादवले बताउनु भएको छ ।

सभासद यादवले तत्काल पार्टी बिभाजन नभएपनि पार्टी अध्यक्ष यादवको एकलौटी विरुद्ध १५ जना भन्दा बढी सभासद बिद्रोह तयारीमा रहेको जानकारी दिनुभएको छ । पार्टीका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले समेत सरकारमा जाने निणर्य गलत भएको भन्दै आपत्ती जनाउँदै आउनुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae