Sahara Sansar

Wednesday, May 4, 2011

पत्रकारीता क्षेत्रको विकासको लागि बजेट विनियोजन

  बैशाख २२ गोरखा।सुन्दा अचम्म लाग्दा गोरखा नगरपालिकाले गोरखा जिल्लाको पत्रकारीता क्षेत्रको विकासको लागि बजेट विनियोजन गरेका छ भन्दा । तर कुरा सत्य हो । जिल्लामा विगत लामो समयदेखि जनताका आवाजहरु जस्ताको तस्तै लेख्दै आएका सम्पूर्ण गोरखालीहरु को असाध्यै प्यारो पत्रकार संघ क्रान्तिकारी पत्रकार संघ गोरखाले पत्रकारिता क्षेत्रको विकास नभई गोरखा जिल्लाको अन्य क्षेत्रको विकास हुन नसक्ने ठोकुवा गर्दै यस क्षेत्रको विकासका लागि सञ्चारमा बजेट राख्न माग गरेको थियो ।

क्रान्तिकारीले पेश गरेको प्रपोजलबाट नगरपालिकाका कार्यकारी अधिकृत मात्र प्रभावित हुनुभएन । राजनैतिक दलहरुका प्रतिनिधिहरु पनि प्रभावित भएर प्रपोजलमा उल्लेख गरिए अनुसार नभए पनि केही मात्रामा बजेट विनियोजन गरियो इतिहासमा सञ्चार क्षेत्रलाई बजेट विनियोजन गरिएको गोरखामा यो पहिलो रेकर्ड हो योजना र प्रस्ताव क्रान्तिकारीको भएपनि अन्य पत्रकारका संगठनहरु क्रियाशिल नभएका कारण नेपाल पत्रकार महासंघ गोरखा , गोरखाबाट प्रकाशित हुने पहिलो दैनिक पत्रिका हाम्रो गोरखा सन्देश र अर्को एक पत्रिकालाई १५ हजार दिने निर्णय गरिएको नगरपालिकाका कार्यकारी अधिकृत कृतनराज पौडेलले बताउनुभयो । महासंघलाई भने ३० हजार विनियोजन गरिएको छ । पत्रकारिता जगतको विकासका लागि प्रोत्साहन स्वरुप सो रकम उपलब्ध गराइएको नगर सम्यन्त्रका सदस्य दिपक तिमिल्सिनाले बताउनुभयो ।

यसै वीच हाम्रो गोरखा सन्देशका सम्पादक राजेन्द्र न्यौपानेले दलहरु र कर्मचारीको चेतनामा भएको विकासको उच्च प्रशंसा गर्नुभएको छ । राम्रा कुराको अनुसरण गर्नु र नराम्रा कुराहरुबाट टाढै रहनु अहिलेको आवश्यकता हो भन्दै उहाँले नगर पालिकाका लागि गरेको काम प्रशंसनीय रहेको बताउनुभयो । साधन र साध्यमा साध्य ठूलो भन्दै सुत्रको सुरुवात भएकाले सुत्र अव सबैले प्रयोग गरी काम गर्न सकिने उहाँले बताउनुभयो ।

प्रपोजल हालेर राम्रो काम गर्ने क्रान्तिकारी पत्रकार संघ गोरखलाई पनि उहाँले धन्यवाद दिनुभयो । क्रान्तिकारी पत्रकारसंघले केही नपाएपनि उसले राखेको प्रस्तावले समग्र पत्रकार जगतलाई फाईदा भएको र गोरखाका समग्र विकासमा यसले सहयोग पुग्ने न्यौपानेको धारणा छ । यसलाई निरन्तरता दिनु अवका दिनमा कर्तव्य हुने उहाँले बताउनुभयो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae