वैशाख ३१ क्वालाम्पुर। लिम्बूहरुको छाता संगठन किरात याक्थुङ चुम्लङ मलेसियाद्धारा शुक्रबार साँझ क्वालालम्पुरस्थित होटल फिप्थ ईलमेन्टस्मा किरात याक्थुङ चुम्लुङ साँस्कृतिक साँझ भव्य सम्पन्न भएको छ । नयाँ बर्ष साँस्कृतिक कार्यक्रमको शिलशिलामा मलेसिया आईपुगेका नेपाली तारा दिपक लिम्बू नायीका युना उप्रेती चर्चित गायीका जशोधा लिम्बू र जनवादी गायक माइलाको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सफल बनाउन मलेसियास्थित सम्पूर्ण नेपाली व्यवसायीहरुले आर्थिक सहयोग गरेका थिए भने प्रमुख प्रयोजन विजयहिल एक्सपोर्ट इम्पोर्ट लालीगुराँस रेष्टुरेण्ट इन्द्रेणी रेष्टुरेण्ट मितेरी रेष्टुरेण्ट द गोर्खाज रेष्टुरेण्ट द खुकुरी रेष्टुरेण्ट सगरमाथा रेष्टुरेण्ट साइनो रेष्टुरेण्ट निरमाया रेष्टुरेण्ट निङवासो मोबाइल पसल नमस्ते नेपाल मोबाइल पसल र लालीगुराँस मोबाइल सेन्टरले प्रायोजन गरेका थिए । कर्याक्रमको अन्त्यमा कलाकारहरुको पारिश्रमिक सहित किरात याक्थुङ चुम्लुङको तर्फबाट अध्यक्ष कृष्ण बहादुर आङदेम्बेले स्पेसल उपहार हस्तान्तरण गर्नुभएको थियो भने कोषाध्यक्ष इन्द्र लिम्बूले मलेसियाको चिनो हस्तान्तरण गर्नुभएको थियो भने वरिष्ठ सदस्य कृष्ण कुरुम्बाङले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
त्यसतै यहाँस्थित स्थापित ताप्लेजुङ प्रवास समितिको तर्फबाट अध्यक्ष पाच थलुङ कोषाध्यक्ष बाल मेन्याङबो र सदस्य चन्द्र चोङबाङले सम्मान-पत्र र खादा ओढाएर कलाकारहरुलाई सम्मान गरेका थिए । कार्यक्रम किरात याक्थुङ चुम्लुङका अध्यक्ष कृष्ण बहादुर आङदेम्बेको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा नेपाल पत्रकार महासंघ मलेसियाका अध्यक्ष रमेश प्रसाद तिवारी नेपाल व्यापारी समाज मलेसियाका सचिव खुम राना मगर लगायत अतिथि रहनुभएको थियो ।
कार्यक्रमको साचालन किरात याक्थुङ चुम्लुङका सचिव रुसाहाङ चेम्जोङ र आमन्त्रीत कलाकार माइला लामाले गर्नुभएको थियो ।

0 comments:
Post a Comment