यम चौलागाई
कार्यलयले जिल्ला विकास समिति सिन्धुलीबाट चार लाख, कमलामाई नगरपालिकाबाट तीन लाख पचास हजार , स्टल विक्रीबाट पाच लाख एक्तीस हजार चारसय असी, टिकट विक्रीबाट दश लाख तेईस हजार नौ सय अठ्ठाईस, बाल उद्यानबाट एक लाख पचास हजार,एक गाऊ एक उत्पादन बाट एक लाख र बैंक अन्य गरी छब्विस हजार छ सय सतत्तर गरी जम्मा पच्चिस लाख बयासी हजार पचासी आम्दानी रहेको सार्वजनिक गरेको छ ।
बैशाख २६ सिन्धुली ।सिन्धुलीमाढीमा गत माघ २७ गते देखि फागुन ९ गत सम्म संचालन गरिएको मध्यमाञ्चल क्षेत्रीय महोत्सवको आज आय व्यय विवरण सार्वजनिक गरिएको छ । मध्यमाञ्चल क्षेत्रिय महोत्सवको आयोजक रहेको सिन्धुली उद्योग वाणिज्य संघले आज सर्वपक्षिय बैठक बोलाई आय व्यय विवरण सार्वजनिक गरेको हो ।
कार्यलयले जिल्ला विकास समिति सिन्धुलीबाट चार लाख, कमलामाई नगरपालिकाबाट तीन लाख पचास हजार , स्टल विक्रीबाट पाच लाख एक्तीस हजार चारसय असी, टिकट विक्रीबाट दश लाख तेईस हजार नौ सय अठ्ठाईस, बाल उद्यानबाट एक लाख पचास हजार,एक गाऊ एक उत्पादन बाट एक लाख र बैंक अन्य गरी छब्विस हजार छ सय सतत्तर गरी जम्मा पच्चिस लाख बयासी हजार पचासी आम्दानी रहेको सार्वजनिक गरेको छ ।
यसैगरी तेह« लाख एक हजार पाँच सय स्टलबाट अन्ठाउन्न हजार तीन सय र बैंकमा पाँच हजार गरी जम्मा उनानचालिस लाख छयालिस हजार आठसय पचासी आम्दानी रहेको र सास्कुततिक कार्यक्रम,सुरक्षा व्यवस्थापन प्रचार प्रसार, लगायत अन्य विभिन्न शिर्षकमा गरी त्यती नै बराबार खर्च भएको जनाएको छ । बै
ठकमा एकिकृत नेकपा माओवादीका सह इन्चार्ज राजन दाहालले आम्दानीका ख्याल नगरी खर्च गरेको पाइएकाले व्यवस्थित तरिकाले कामगर्न आयोजकलाई सुझाव दिनु भयो । यसैगरी नेपाली कांग्रेसका सभापति मोहन बरालले आयोजकले नै लेखा परिक्षण गरेको पाईएकोले गर्नु उचित नहुने र बैठकमा लेखापरिक्षकले उक्त विवरण पेश गर्नु पर्ने चर्चा गर्नुभयो ।
एमालेका खड्ग खत्री ,र माक्सवादीका हिरण्य लाल श्रेष्ठले लेखा परिक्षण व्यवस्थित नदेखिएको बताउनु भयो । यता प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारीले सिन्धुलीमा उक्त महोत्सव सफल बनाउन सक्नु नै जिल्लाको आम्दानी भएको भएप्नि महोत्सवमा स्थानिय कला संस्कृतीको पहिचान गर्न नसकेको भन्दै त्यस तर्फ ध्यान दिन सुझाव दिनु भयो ।
0 comments:
Post a Comment