बैशाख १९ काठमाडौं। नेपाल समता पार्टीका प्रवक्ता विक्रम कुँवरले औचित्य समाप्त भैसकेको संविधान सभा तत्काल विघटन गर्नुपर्ने माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता कुँवरले सर्वपक्षीय सहभागीता विना संविधान कुनै पनि हालतमा निर्माण हुन नसक्ने ठोकुवा गरे ।
पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता र अखण्डताको रक्षा गर्नु समता पार्टीको कर्तव्य रहेको भन्दै दलीय दायराभन्दा माथि उठेर देश र जनताको हित अनुरुप मुलुकलाई दिगो शान्ति, राजनीति स्थायित्व र जनमुखी संविधान दिन सहमति, सहकार्य र सहअस्तित्वलाई स्वीकार गरी राष्ट्रभक्तिलाई मिलन विन्दू बनाई सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने पार्टीको मान्यता रहेको वितरित प्रेस विज्ञप्तीमा जनाईएको छ ।
पार्टीले पटक–पटक संविधान सभाको म्याद थपिने कार्यलाई रोक्नु पनेर् भन्दै मुलुक सर्वोत्तम हितका लागि उत्तम विकल्प सर्वपक्षीय गोलमेच सम्मेलन भएको ठहर सहित आगामी जेठ १४ गते भित्र देशको पाँचै विकास क्षेत्रमापत्रकार सम्मेलन गरी जनमत तथा जनदवाव सिर्जन गर्ने भएको छ ।
जनदवाव सिर्जनाको लागि पार्टीले औचित्य समाप्त भैसकेको संविधान सभाको तत्का विघटन, प्रधान न्यायाधीसको अध्यक्षतामा कार्यकारीणी परिषदको गठन र सर्वपक्षीय गोलमेच सम्मेलनबाट नयाँ संविधान निर्माण जस्ता तीन एजेण्डाहरु अगाडि सारेको छ ।
सम्मेलनमा कार्यवहाक अध्यक्ष खेम कोपिला खरेल र महासचिव मोतिप्रसाद रानामगरले पनि बोल्नु भएको थियो ।
0 comments:
Post a Comment