Sahara Sansar

Wednesday, May 4, 2011

५ बुदे मागसहित सरकारलाई ज्ञापनपत्र

गगनशिला खड्का
 बैशाख २१ गुल्मी । संविधानमा आफ्ना मागहरु समाबेश गर्न दवाब दिने उदेश्यले गुल्मी जिल्लामा क्रियाशिल संयुतm राजनैतिक दलित संगठनले पनि जिल्ला प्रशासन कार्यलय गुल्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । 

नेपालका ७५ जिल्लाका जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्र्तगत गुल्मीमा क्रियाशिल दलित  मुक्ती मोचाका अध्यक्ष चन्द्र विश्वकर्मा,नेपाल दलित संघका अध्यक्ष झविन्द्र विश्वकर्मा,उत्पीडित जातिय मुक्ती समाजका सचिव धनेन्द्र विश्वकर्मा र समता समाजका अध्यक्ष केशर विश्वकर्माद्धार ा हस्ताक्षरित ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपालीलाई बुझाएका हुन ।

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी नेपालीले दलित संघ संगठनले उठाएका ५ बुँदे मागहरुलाई आफुले जतिसक्दो छिटो प्रधानमन्त्रीको कार्यलयमा पठाउने प्रतिवद्धता व्यतm गर्नुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae