Sahara Sansar

Tuesday, May 10, 2011

जेठ १४ अघि नै शान्ति प्रकि्रया र सेना समायोजनको अन्तिम खाका बनाउन एमाले र काङ्ग्रेस सहमत

कुल तामाङ बैशाख २८ काठमाण्डौ । शान्ति प्रकि्रया र संविधान निर्माणका विषयमा आज नेकपा एमाले र काङ्ग्रेसका नेताहरुबीच छलफल भएको छ । बिहान एमाले र काङ्ग्रेसका नेताहरुबीच करिव ४५ मिनेट छलफल भएको हो ।एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा भएको छलफलमा जेठ १४ अघि नै शान्ति प्रकि्रया पूरा गर्न सेना समायोजनको अन्तिम खाका बनाउने सहमति भएको छ । एमाले नेता प्रदीप ज्ञवालीले तत्काल सेना समायोजनको खाका र त्यसको प्रकि्रया बनाउने अनि मात्रै संविधानसभाको म्याद थपको कारणसहित जनताका बीचमा जाने सहमति भएको बताउनुभयो ।

उहाँले संविधान निर्माणका लागि यो सरकारबाट सम्भव छैन भन्ने काङ्ग्रेसको प्रस्ताव रहेकोले त्यस विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । छलफलमा एमाले नेता केपी शर्मा ओलीले पनि अहिलेको सरकारले शान्ति र संविधान निर्माणको प्रकि्रयालाई निस्कर्षमा पुर् याउन नसक्ने धारणा राख्नुभएको थियो । यो विषयमा माओवादीसँग पनि थप छलफल गर्ने काङ्ग्रेस र एमालेबीच सहमति भएको छ । छलफलमा एमालेका एमाले महासचिव ईश्वर पोखरेल प्रदीप ज्ञवाली काङ्ग्रेसबाट महामन्त्री कृष्ण सिटौला नेता डाक्टर रामशरण महतलगायतको सहभागिता रहेको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae